२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन दल बैठक 

बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल  : " साझा अवधारणा बनाइने "

रिक्त मन्त्रालयलाई पूर्णता दिने

बुधवार , बैशाख २०, २०८०


काठमाडौँ, बैशाख । सत्ता गठबन्धन १० दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।  सो बैठकले आगामी वर्षको बजेट, यसका  सिद्धान्त र प्राथमिकताबारे छलफल सुरू भएको छ ।  बैठकले समसामयिक राजनीतिबारे समीक्षा र आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता तय गर्नेबारे छलफल भएको छ ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा गठबन्धन दलहरूबीच साझा अवधारणा बनाउनेबारे छलफल भएको  जानकारी दिएका छन । 

‘लामो समयपछि गठबन्धनका शीर्ष नेताहरूको बीचमा छलफल भयो । अब वैशाख २४ गतेबाट संघीय संसद्को अर्को अधिवेशन बोलाइएको छ,’ उनले भने, ‘त्यसपछिको संसद्को अधिवेशनमा के–के कामहरू गर्ने भन्नेबारे छलफल भयो । 

मूलतः बजेटका सिद्धान्त र प्राथमिकताहरू के(के हुने ? त्यसमा गठबन्धन दलहरूबीच एक रुपता ल्याउनुपर्ने कुरामा छलफल केन्द्रित भयो ।’

नेता लेखकले बैठकमा प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दललाई सरकारमा सामेल गराउने र रिक्त  मन्त्रालयहरूको पूर्णता दिने विषयमा भइरहेको छलफलबारे जानकारी दिएका छन ।  उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भएको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार