२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

यस वर्षको वसन्तयाम

अन्नपूर्णमा आरोहण सुरु : " पाँच समूहका ४५ जनालाई अनुमति "

तीन नेपाली, एक पाकिस्तानी र एकजना अस्टेलियन चुचुरोमा पुगे

आइतवार , बैशाख ३, २०८०

 

म्याग्दी, वैशाख । अन्नपूर्ण प्रथम हिमालमा यस वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । 

भेट समिट टेकका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।  सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागार्इंले तीनजना नेपाली, एक जना पाकिस्तानी र एकजना अस्टे«लियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए ।  

नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरूको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् । यसवर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । 

अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहल पहल छ । 

इलाइट टे«किङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएका थिईन ।  

आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गर्नुभएको छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । 

मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार