२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सञ्चालन 

सभामुख घिमिरेले राखे छलफल : " प्रधानमन्त्री,  देउवा र ओलीको उपस्थिति "  

एमाले अध्यक्ष ओलीले भने : प्रधानमन्त्री र कांग्रेससँगको छलफल सकारात्मक  

शनिवार , चैत्र २५, २०७९


काठमाडौँ, चैत । संसद सञ्चालनबारे  सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीबीच छलफल गरेका छन ।  सभामुख घिमिरेको पहलमा भएको छलफल एमाले अध्यक्ष केपी शर्मा ओलीले  सञ्चारकर्मीहरुलाई बताएका छन । 

सभामुख घिमिरेले शनिबार प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता ओली र कांग्रेस सभापति देउवालाई संसद्का गतिविधिबारे छलफल गर्न आफ्नो कार्यकक्ष सिंहदरबारमा  बैठक राखेका थिए ।  उक्त छलफल सकारात्मक रहेको अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले बताएका छन । 

प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापतिसँगको छलफल सकारात्मक रहेको भन्दै ओलीले केही दिनभित्र फेरि छलफल हुने बताए ।  सदनका काम कारबाही , सदनलाई कसरी प्रभावकारी बनाउने,  गतिशील ढंगले चलाउने र अहिले आइरहेका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल सकारात्मक भएको पनि बताए । 

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई कसरी अगाडि बढाउने, संसद्का विषयगत समिति गठन लगायतका विषयमा छललफल भएको जनाइएको छ । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदीय समितिमा लैजाने कि सदनबाट नै पारित गर्ने भन्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच मतभेद  देखिएको छ ।  

एमालेले समितिमा लैजानुपर्ने बताउँदै  आएको छ भने सत्तारुढ दलले  भने सदनबाट नै पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

छलफलमा टीआरसी विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ । फास्ट ट्र्याक कति गर्न मिल्छ, कति मिल्दैन, समितिमा कुनै न कुनै हिसाबले लानुपर्ने होला ।ु

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार