काठमाडौँ, चैत । आगामी बैशाख १० मा प्रतिनिधिसभाको तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उब्त निर्बाचनलाइृ लिएर ती तीन क्षेत्रमा सोमबार मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता र उमेद्वारको लाईन हेर्दा दलहरूलाई यो निर्बाचन प्रतिष्ठाको विषय बन्न पुगेको छ ।
निर्बाचन आयोगका अनुसार, उपनिर्वाचनमा तीन क्षेत्रमा ६९ जनाले मनोनयन गरेका छन । यो वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा सोमबार उम्मेदवारी मनोनयन भएको छ ।
राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको चmल्को देखाउने उपनिर्वाचन खासगरी कांग्रेस, रास्वपा र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको छ, तर कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने त्यहाँको चुनावी माहोलले देखाउँछ ।
कांग्रेसका भट्टराईले पहिलो पल्ट अवसर पाउँदै छन् । भट्टराई नेविसंघका पूर्वअध्यक्ष हुन् । आफूभन्दा पछिका अध्यक्ष र महामन्त्री संसदीय फाँटमा आइसक्दा भट्टराई कांग्रेसका कर्मठ, दलभित्र ठूलै योगदान गरेका ईमान्दार र त्यागी नेता हुन । उनको प्रतिनिधित्वले संसदीय राजनीतिमै ठूले अर्थ र सम्मान राख्दछ ।
पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं–६ बाट पराजित ब्यत्ति हुन भने नेपाल प्रहरीमा शक्तिको आडमा बसेर राम्रै तर मारेको अनुभव छ । आर्थिक रुपले भाँडो भरेर छिचोल्किएका उनी सम्पति बचाउन ओलीको संरक्षणमा पसगेका हुन ।
यसै पनि आर्थिक अपराध गरेर कर्लक कमाएका ठेकेदारहरु ओली नेतृत्वमा पुग्ने र त्यस्तलाई संरक्षण दिने नाइकेका रुपमा परिचित ओलीले आर्थिक रुपमा कलंक कमाएर शदेशलाइृ शोक्ष्नेहरुका नाईके भनेर सामाजिक रुपमा कलंल कमाएका नेता यसै हुन । अहिले उनको दम्भपूर्ण उमेदवारी छ ।
पाँच दिनअघि कांग्रेस त्यागेका वाग्ले रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवाप्रति गम्भीर आरोप लगाउँदै कांग्रेस त्यागेका थिए । उनी राजनीतिक रुपमा योगदान नभएका र अकस्मात तानिएर आएका ब्यत्तित्वका रुपमा पहिचान छ । आमकांग्रेस बृत्तमा ।
पार्टी गठनको छोटो समयमै आमनिर्वाचनमा होमिएर उल्लेख्य सिट जितेपछि रास्वपाले राष्ट्रिय राजनीतिमै हलचल पैदा गराएको थियो । यसबीच संसद् र सरकारमा समेत सहभागी भएको रास्वपाको जनाधार मापन गर्ने आधारका रूपमा चितवन–२ को निर्वाचनलाई हेरिएको छ ।
रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि चितवन–२ रिक्त भएको हो र अहिले उनी पनि प्रतिष्पर्धामा छन । कांग्रेसले नयाँ अनुहारलाई अघि सारेका छ। कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहिसकेका
जितनारायण श्रेष्ठ चिवनका ईमान्दार, निष्ठावान र त्यागी नेता मानिन्छन । उनी कार्यकर्ता माँझ भिजेका लोकप्रिय नेता मानिन्छन । एमालेले भने रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।
बारा–२ को निर्वाचनलाई समग्र मधेश राजनीतिको शक्तिसंघर्षको विषय जस्तै बनेको छ । मधेशको राजनीतिमा मुख्य नेताका रुपमा चिनिएका जसपा अध्यक्ष उपेन्द्र यादव यस क्षेत्रमा उत्रिएका छन । आफ्ने उमेद्वारले जितेको र त्यहाँ अहिले कांग्रेस,
जसपा, कोसपा र माओवादीसमेतको साथ रहेका उनी यसै नि मधेशका निर्बिकल्प नेता हुन । त्यसमाथि पनि ठूला राजनीतिक दलको साथ पाएका उनी मधेश राजनीतिमा जागरण ल्याउनसक्ने नेताका रुपमा स्थापित ब्यत्तित्व हुन ।
राजनीतिक रुपमा मधेशलाई माथि उठाउनुपर्छ भन्ने मान्यता राखेर समृद्धिमा काम गर्दै आएका र त्यो आफ्नो मान्यतामा सफल ब्यत्तिमा पर्छन ।
यादवको उम्मेदवारीलाई सत्ता गठबन्धनका मुख्य दलको समर्थन छ । सत्ता गठबनन्धनमै रहेका राउतले भने माओवादी नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर यादवविरुद्ध उम्मेदवार बनाएका छन् ।
रास्वपाले सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उठाएको छ । ‘एकको बदला तीन’ भन्ने नारासहित काठमाडौं–१ बाट पराजित खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो ।
चितवन–२ र तनहुँ–१ मा कांग्रेस र बारा–२ मा जसपालाई समर्थन गर्ने निर्णय लिएको छ । तनहुँ–१ बाट कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार छन् ।