काठमाडौँ, चैत । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली तय गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उपप्रधानसहित रक्षामन्त्री बनेर सरकारमा दलको नेतृत्व गर्ने भएका छन् ।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सहभागी हुने ८ जना सांसद्लाई मन्त्रालयमा पठाउने भएको छ । कांग्रेसबाट सहभागी हुनेहरूमा :
- पुर्ण बहादुर खड्का - उप प्रधान सहित रक्षामन्त्री
रमेश रिजाल- परराष्ट्र मन्त्री
धनराज गुरुङ - सामान्य प्रशासन मन्त्री
एनपी साउँद- शहरी विकास
सिता गुरुङ - भूमि ब्यवस्था
डिग बहादुर लिम्बू- न्याय, कानून तथा संसदीय मामिला मन्त्री
प्रकाश शरण महत- अर्थमन्त्री
मोहनबहादुर बस्नेत- स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन ।
गुरुङ र लिम्बू शेखर कोइराला पक्षका हुन् । सहमति जुटाउनुपर्ने परिस्थिति बने प्रस्तावित केही नाम परिवर्तन हुनसक्ने एक नेताले बताए ।