काठमाडौँ, चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ बैठक बसेको हो । बैठकबारे जानकारी गराउँदै उपसभापति पूर्णबहादुर खड्काले सञ्चारकमीर्लाइ भने, मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि सकेको छैन ।
बैठकमा छलफलका उपसभापती खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले बताए ।
प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेको जनाइएको छ । गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।
बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको जनाइएको छ । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको एक नेताले बताए ।
उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको जनाइएको छ ।
संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ । वैशाख १० मा प्रतिनिधसभाका बारा-२, चितवन(२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।