काठमाडौँ, चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आज दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।
पहिले ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले आज सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।प्रधानमन्त्री दाहालले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । आज सय नै हुन्छ भन्ने आशा छ ।’
प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।