२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्तारुढ दल अब सरकार बिस्तारतर्फ

प्रधानमन्त्री दाहालले भने : " चैत १० गतेसम्म सरकार विस्तार हुन्छ "

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु'

शुक्रवार , चैत्र ३, २०७९


काठमाडौँ, चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । 

प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु ।
 
विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार