२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदान पुगे

बिहिवार , चैत्र २, २०७९


काठमाडौँ, चैत । नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरलाई हौसला बढाउन  कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार