२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सफलताभित्रको जोड घटाउको खेल

बरिष्ठ नेता रामचन्द्र पौडेल   : " जसलाई हटाउन लागे - उनैसँग जोडिए "

'पार्टीलाई हुने क्षति कम गर्न सकिने ठानेर बाध्यतावश त्यसो गर्नु परेको'

सोमवार , फाल्गुण २९, २०७९


काठमाडौँ, फागुन ।  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल  देशको तेस्रो  राष्टपति बने ।  कांग्रेसभित्रको राजनिितक जीवनमा  कति संघर्ष गरे, कति लडे, कति जेल परे यी यी आफ्ना ठाउँमा छदैँछन । तर यो देशकै उच्चशनमा आइपुग्न के के गरे त त्यो चासोको बिषय बन्नसक्छ । 
यिनको पछिल्लो राजनीतितक  खेलभित्र  कहाँ - कहाँ  जोडिए ? कहाँ  -कहाँ बिच्किए त त्यो चासोको बिषय हो । अहिलेको स्थिति  हेर्दा उनको नेर्तत्वदायी भूमिकामा पछिल्लो सात वर्षअघि सुशील कोइरालाको निधनपछि पौडेलको काँधमा कांग्रेसको कार्यवाहक सभापतिको रूपमा परम्परागत कोइराला खेमाको अगुवाको विरासत पनि आइलाग्यो।

तर लगत्तै भएको महाधिवेशनमा उनी सभापतिमा देउवासँग परास्त भए। पार्टी जोगाउन देउवालाई विस्थापित गर्नै पर्ने भन्दै वरिष्ठताका आधारमा देउवा इतर खेमाका सबैले आफूलाई एक मतले उम्मेदवार बनाउनुपर्ने अपेक्षा उनको थियो।

बीबीसीका अनुसार, गत वर्ष देउवाविरुद्ध तीन राजनीतिक परिवारका नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह उम्मेदवार बने। तर दोस्रो चरणको मतदान हुँदा निधि र सिंहले त देउवालाई समर्थन गरे।

पौडेलले त मैदान मात्र छाडेनन् भोट पनि हालेनन्। महाधिवेशनसँगै देउवालाई विस्थापित गर्नुपर्ने लक्ष्य लिएको देउवा इतर खेमाको नेता बन्न पुगे शेखर कोइराला। तर संसदीय दलको नेताको चुनावमा उक्त खेमाबाट गगन थापा उठ्दा पौडेल देउवाको समर्थक बसे । 
कारणबारे बीबीसीले सोध्दा उनले ‘देउवालाई खुसी पारेरै पार्टीलाई हुने क्षति कम गर्न सकिने ठानेर बाध्यतावश त्यसो गर्नु परेको’ आशय सुनाए। हालको परिणाम यही निर्णयको उपज पनि हुनसक्छ बिश्लेषकको भनाई छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार