काठमाडौँ, फागुन । नव निर्बाथित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि पदभार सम्हाल्ने भएका छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका रामचन्द्र पौडेल ठूलो मतान्तरले मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन ।
हाल पदासिन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।
राष्ट्रपति निर्वाचनमा पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २१४ तथा प्रदेशसभाका ३५२ सांसदले मत दिएर बिजय गराएका निर्बाचन अधिकृृत महेश शर्मा पौडेलले जनाउँदै भने, सोमबार शपथपछि पौडेल सिधै शितल विवास जानेछन ।
नव निर्बाचित पौडेलर्ले संघ र प्रदेशका ५६६ सांसदको ३३ हजार ८०२ मतभार पौडेलले पाएका हुन् । राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६२८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४.२२ प्रतिशत मत खसेको थियो ।
निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका हुन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसद्का ३३१ सांसदमध्ये ३१२ र प्रदेशसभाका ५५० मध्ये ५१८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले आज, शुक्रबार, ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ । कांग्रेसका चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपचारमा रहेकाले मतदानमा सहभागी भएनन् ।