२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्वकप क्रिकेट लिग २  

यूएईविरुद्ध नेपालको पहिलो जित : ' नेपालले ४२ रनले हरायाे '

सोमवार , फाल्गुण २२, २०७९

 

काठमाडौँ,  फागुन   । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो ।  

नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । नेपाल यूएईसँगै पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो ।

यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो । ११५ बल सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए ।
 
४१.२ ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउट गरेका हुन् । त्यसलगत्तै ऐरीले ४१।३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे । 
त्यस्तै आर्यन लाक्राले ५० रन बनाए । त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए । अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरे ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३र३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । ६८ रन बनाउँदा ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालेका थिए । 

उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६-५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए । ५६ बल सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । 

लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउनुबाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २(२ विकेट लिए  । यूएईलाई हराएसँगै नेपाल अंक तालिकाको शीर्ष तीनमा रहने सम्भावना कायमै रहनेछ । अंक तालिकाको शीर्ष ३ मा रहे नेपालले विश्वकप क्वालिफायर खेल्न पाउनेछ । 

यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार