२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय सांसदहरूलाई अभिमुखीकरण

' रामचन्द्रजी राष्ट्रपति बनाएपछी संविधान च्यात्ने जोखिम रहँदैन '  

'विगतमा राष्ट्रपतिले संविधानको रक्षकको भूमिकामा नमिठो अनुभूति दिलाए ' 

बिहिवार , फाल्गुण १८, २०७९


काठमाडौ, फागुन ।  राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई  जिताउँदा विगत्‌मा जस्तो संविधान च्यात्ने खतरा नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले  अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको  भन्दै उनको प्रशंसा समेत गरे ।

सभापति देउवाले उक्त कुरा आज,  बिहीबार,  काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै बताएका हुन । 

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको सभापति देउवाले  बताए ।

सभापति देउवाले रामचन्द्र पौडेलको प्रसंसा गर्दै भने, 'हाम्रो पार्टीको सिनियर साथी हो । तर‚ प्रजातन्त्रको स्थायित्वका लागि उनले ठूलो संघर्ष गरेका छन, त्यही कारण उनले जीन्दगीमा धेरै ठूला दुःख पनि पाएका छन । ’ 

देउवाले अघि भने, ‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो, मलाई पनि उनका बारेमा सोच्दा खटपट भइरहन्थ्यो । 

त्यसकारण अहिले उनलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उनलाई अघि सारेका छौँ ।’

सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे । ‘रामचन्द्रजी अहिले राष्ट्रपति पदको लागि सबैभन्दा योग्य व्यक्ति हो । 

उनी प्रजातन्त्र स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हुन। प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उनले भूमिका खेल्नु हुनेछ भन्नेमा म पूर्ण विश्वास्त छु,’ उनले भने, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार