२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपति  निर्बाचन 

प्रधानमन्त्री दाहालले भने : 'आठ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति हो ' 

'नेपाली राजनीतिमा पाैडेलकाे खेलेको भूमिका प्रसंसनीय, उपयुक्त उम्मेदवार'

शनिवार , फाल्गुण १३, २०७९


काठमाडौँ, फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ८ दलहरूबीच राष्ट्रपतिका लागि गरिएको सहमति ८ दलको मात्रै नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन् ।

रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै उनले पौडेल उपयुक्त उम्मेदवार रहेको पनि बताए । विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको उनले प्रसंसा गरेका थिए ।

यस क्रममा उनले शुक्रबारको सहमतिलाई संकेत गर्दै नयाँ यात्रा सुरु भएको बताएका थिए । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने पनि दाहालले बताए । राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उनका गतिविधि र भूमिकाप्रति आपत्ति जनाएका थिए ।

शुक्रबार मात्रै कांग्रेस र माओवादी केन्द्रसहित ८ दलहरूबीच आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति तयार भएको छ । 

जसअन्तर्गत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राष्ट्रपतिमा मनोनयन दर्ता गराइसकेका छन् । नेकपा एमालेको तर्फबाट भने सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार