२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नामिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

मंगलवार , फाल्गुण २, २०७९

काठमाडौँ, फागुन।आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नामिबियाले पहिले ब्याटिङ गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यसैगरी स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्षस्थानमा छ भने ओमान ३६ खेलमा ४४ अङ्कसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अङ्क जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अङ्क छ ।

सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अङ्क रहेको छ । नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ । नाबालिक बलात्कारको आरोपपछि करिब–करिब पाँच महिनापछि सन्दीपले टोलीमा पुनरागमन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार