२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

आइतवार , माघ २९, २०७९

काठमाडौँ, माघ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा तथा गोलकिपरमा  एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् ।

यसैगरी डिफेन्डरमा हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे, मिडफिल्डरमा विमला चौधरी, सविता राना मगर, सरु लिम्बू, दीपा शाही, रेनुुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी तथा फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार