२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वदलीय बैठक छलफल

नेपाली काग्रेसले भन्यो : 'सत्तारुढकाे राष्ट्रपति र सभामुख पदको प्रस्तावमा छलफल गर्छौँ ' 

मंगलवार , माघ ३, २०७९

 

काठमाडौँ, माघ ।  नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालको भएको बताएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज बोलाएको सर्वदलीय बैठकमा  नेपाली कांग्रेसले भन्यो, 'सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावमा छलफल गर्न तयार  छौँ ।'  
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा  छलफलका क्रममा कांग्रेसले यस्तो धारणा राखेको  जनाइएको छ । बालुवाटारमा  मंगलबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका नेता रमेश लेखकले भने,  'कांग्रेस प्रतिनिधिसभाको प्रतिपक्षी दल भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राख्छ ।' 
प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दै गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौै, लेखकले भने,  'प्रधानमन्त्रीले यी पदहरुमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नु भएको छ ।'
बैठकमा कांग्रेसले विश्वासको मत दिएपनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार