२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल टि ट्वान्टी  लिग :  जनकपुरले पोखरालाई हरायो

बिहिवार , पौष २१, २०७९


काठमाडौँ, पुस । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । 
नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । 
आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । 
त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक÷एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए । 
त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो  । 
पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६÷१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 
पोखरालाई कम योगफलमा समेट्ने क्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान दुई÷दुई विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान एक÷एक विकेट झारे । 
यससँगै नौ खेल खेलेको पोखराले तीनमा जित तथा छ खेलमा हार बेहो¥यो । छ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौँ स्थानमा छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार