२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री कप क्रिकेट छनोट : ' बैतडीको पहिलो जित '

मंगलवार , पौष १९, २०७९


काठमाडौँ, पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो ।  
आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याउएको अछाको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटीयो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिङ्की बोहराले दुई÷दुई विकेट हात पारे ।  
त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतीमा एक सय छ रन बनायो । कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाइन् । 
बलिङतर्फ अछामकी रविना साउँद, अस्मिता औजी र कविता सुनारले एक÷एक विकेट लिइन् । उक्त खेलको प्लेयर अफ द म्याच बैतडीकी कप्तान रितु कनौजिया घोषित भइन् ।  यसअघि सोमबार बैतडी कञ्चनपुरसँग पराजित भएको थियो । बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ । 
प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । 
प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा हुने तय भएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार