काठमाडौँ, पुस । प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा प्रमुख दलका नेताहरूले सरकार गठनसम्बन्धी वार्ताहरू तीव्र पारेका छन्।
सत्ताधारी गठबन्धनभित्र सत्ता साझेदारीलाई लिएर कुरा नमिलेको विवरण आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी अध्यक्ष पुक्ष्पकमल दाहालबीच भित्री सहमतिको खाका बनेको स्रोतले बताएको छ ।
देउवा र प्रचण्डबीच भएको सहमति अनुसार, अब सरकार बनाउँदा कांग्रेसलाई राष्टपति र सभामुख अनि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको छ । यसबाहेका गठबन्धनका अन्य दलहरूबीच पनि मिलाउन लगातार छलफल भइरुहेको र यसमा अन्तिम
निर्णय नभए पनि यसलाई नै अन्तिम बिन्दु मान्ने प्रचण्डको दाबी छ भने देउवाले भने आनाकानी भने गरिरहेको जनाइएको छ ।विशेष गरी गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आलोपालो प्रधानमन्त्रीका क्रममा पहिलो चरणमा आफूले नेतृत्व पाउनुपर्ने अडान राखेकाले कुरा मिल्न नसकेको भन्ने विवरण यसअघि नै आइरहेका पनि छन्। तर नेपाली कांग्रेसले राष्ट्रपति पद पनि नछाड्ने र सुरुमा आफ्नै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड गरिरहेको जिकीर गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा आ आफ्नो अडानमा कायम रहेपनि गठबन्धन फुट्न भने नदिने क्रामा भने उनीहरु सहमत छन ।
यसैबीच दहालले शुक्रवारसम्मको समय दिएर देउवालाई चेतावनी दिएको तथा समानान्तर रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता अघि बढाएको भएपनि अ नेकपा एमाले अध्यक्ष खड्ग ओलीले गठबन्धन छोडेर आउन अनि छलफल हुने भनेको बताईएको छ ।
एमालेका नेताहरूले पनि माओवादीसँग मात्र होइन कांग्रेसलगायत अन्य दलहरूसँग पनि निरन्तर छलफल भइरहेको बताइरहेका छन्।