२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुदूरपश्चिम महोत्सव

पश्चिम सेती र पञ्चेश्वर परियोजना : " निर्माणपछि  देशमा समृद्धि आउँछ "

बिहिवार , मंसिर २२, २०७९

धनगढी, मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन ।  आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले  भने, 'पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजना निर्माण पूरा हुन्छ ।'  
उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वर जस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।  
पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिदै उनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । 
कोरोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले  थपे, 'सुदूर पश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पु¥याउनेछ ।' 
यस क्षेत्रलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पु¥याउने बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार