२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

माओवादी केन्द्र बैठक 

पदाधिकारी बैठक निर्णय  : ' एमाले गैरजिम्मेवार छ, फेरि कसैलाई महाराज बनाउनु छैन' 

" तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ  "

आइतवार , मंसिर १८, २०७९


काठमाडौँ, मंसिर । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेष गरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिक रूपमा समीक्षा गरिएको जानकारी दिए । 
एक सदस्यका अनुसार,

' बैठकमा एमालेसँग बसेर काम गर्दा धरै अराजकता सहेको, अपमानित भएर काम गर्नु परेको, ओलीलाई महाराज जत्तिकै मान्नुपर्ने, निर्णय उसले जे भन्छ त्यही हुनुपर्ने,  काममा भन्ने एउटा गर्ने अर्को, पार्टी नै सिध्याउन विभिन्न खेल खेलेको जस्ता ब्यवहारले सँगै बसेर काम गर्न नसक्ने'

निष्कर्ष निकालेको जानकारी दिए ।   
नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उनले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए ।  महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । 
उनले भने,  “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रीत छौँ ।”
बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिए ।  उनले शनिबार र आजको बैठकमा निर्वाचनका सन्दर्भमा हाम्रा आफ्ना के कस्ता सीमा र के कस्ता कमी कमजोरी के के भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्वपूर्ण छलफल भएको बताए । 
सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उनले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताएका छन । 
“हामी अहिले गठबन्धनमा छौँ । गठबन्धनको बैठक बस्नुपर्छ । निर्वाचनसँग जोडिएका सीमा र कमीकमजोरी के के भएका छन् । त्यसमा छलफल गर्नुपर्छ भन्ने भएको छ”, उनले भने ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार