२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन

कांग्रेसभित्रका आशालाग्दा तीन नेता : " गगन, विश्वप्रकाश र प्रदिप पौडेल, सांसदमा यी युवाले जित्नुपर्छ " 

नेता तथा अर्थबिज्ञ वाग्ले भन्छन : 'कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसद्‌मा छ' 

शनिवार , कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक । अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता स्वर्णीम वाग्लेले कांग्रेसभित्रका आशालाग्दा नेताले अब युवाको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।

बुद्धिजीवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै वाग्लेले गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसद्मा रहेको उनले बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरुको हातेमालो गरेर अघि बढ्नुपर्ने वाग्लेको धारणा छ ।उनले भने, ' मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली कांग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ ।

गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौं ।' उहाँहरु अब निर्वाचित भएर काठमाडौं -५, काठमाडौं-४ र झापा - १, बाट आएर चाँहि तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् ।

तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् । त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेन्डाहरुलाई बोकेर हिँड्न पर्नेमा जोड दिँदै हजारौं लाखौँ अन्य पेसा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।

त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागिसमेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए । अब नेतृत्वको लागि 'इनफ इज इनफ 'भन्ने बेला आएको छ । डा. वाग्लेले भने, शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेन्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार