आगामी मंसिर ४ मा हने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनको तिथी नजिकिदै जाँदा आयोगको प्रशासनिक शैली तानाशाहा जस्तो देखिन थालेको एकजना पूर्व आयूक्तले बताएका छन । स्थानीय तहको निर्बाचन हेर्दा नेपालको ईतिहासमा नै यति धेरै मत बदर भएको पहिलो चुनाव भएको बिश्लेषक भन्छन, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्बाचन पनि यस्तै बनाउने खालका खेल हुँदैछन ।
बिश्लेषकले थपे, मत बदु बढी गराउनु भनेको जित्ने उमेद्वार हार्ने र हार्नेले जित्ने जस्ता अवस्था ल्याउने कार्य हो, प्रमुख आयुक्त दिनेश थपलियाले त्यही शैली अपनाएका छन, आयोगले उठाएका इस्यू र सोधिएका स्पष्टिकरणका शैलीले कसैलाई हानी र कसैलाई फाइदा पुर्याउने खालका रहेका छन । उनले थपे, यसो शैली र निर्णय हेर्दा राजनीतिक फाईदा घाटा गराउने खालको राजनिितक दलले निर्बाचनका बेला खेल्ने खेलजस्तो देखिन्छ । याे कतैबाट 'गाइडेड' शैली देखीन्छ । ।
उनले थपे, आयोगबाट अपनाइएका निर्णय; दिनथालकोे छ, यो उउटा स्वतन्त्र बिश्लेषले हेर्दा र सोध्दा यही देखिन्छ । एक पूर्व आयुक्तले भने, स्थानीय निर्बाचनमा यो रुपको मत बदरले त आयोगको लापरबाही, ब्यवस्थापन शैली गलत, निर्बाचन स्वच्छ नगराउने प्रपञ्च अनरुपको नतिजा जस्तो देखिन्छ ।
आयोगको शैली हेर्दा यो संघीय र प्रदेशसभा सदस्य निर्बाचन पनि निष्पक्ष नगराउने निियत अनुरुपको एउटा खेल भएको उनले बताए । उनले थपे, आयोगका निर्णय नै त्यस्तै बिबादस्पद आउन थालेको जिकिर गर्दै डेमोखबरसँग भने, 'आयोगको उमेद्वारी रद्धको निर्णय शैली पनि एकखालको धाँदली हो, केही निर्णयमा अदालतले न्याय दियो ।'
निर्बाचन बिश्लेषक भन्छन, आयोगले छानी छानी साना साना इस्यूमा पनि दुःख दिन थाल्नु आयोगको धाँदलीको शैली हो ।