२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सत्ता गठबन्धन छोड्यो जसपाले

नेकपा एमालेसँग मिल्दै : 'मधेशमा २२ सिट लियो एमालेसँग, अन्यमा पनि दावी'

शुक्रवार , आश्विन २१, २०७९


गामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा  सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) अलग्गिएको छ । जसपा स्रोतका अनुसार, अस्ती भरखर अलग्गिएर आएको सानो दल माधव नेपाल पक्षधरलाई भनेजति दिने, खुसी पार्ने, मधेशमा यति लामो समयदेखि निर्बाचन लडेर आएको स्थापित जसपालाई भने हेला गर्ने गठबन्धनका नेताहरुको शैलीले अलग्गिनु परेको हो । 
जसपा स्रोतले भन्यो,  नेकपा एमालेसँग छलफल पछि एउटा निष्कर्षमा पुगिसकिएको छ, जसपाले मधेशमा २५ सिट मागेको त्यसमा लोसपालाई ३ सिट दिएर बाँकी २२ सिटमा कुरा मिलेको छ । वार्ता अन्तिममा पुगेको पनि जनाइएको छ । 
जसपा सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको तर जसपा सहभागी नरहेको पनि जनाइएको छ । 
निर्बाचनमा जसपाको दावी छ, अब सत्तामा रहेका दलको प्रयक्षमा २५ सिट कम हुन्छ ।  नेकपा एमालेसँग जसपाले मधेशबाहेक अन्यमा पनि सिट मागेको छ । 
अहिले सत्ता गठबन्धन बैठक बालुवाटारमा जारी छ । जसपालाई दिएको १७ सिट नेपाली कांग्रेसले ५० प्रतिशत अर्थात ९ सिट लिने र बाँकी ८ मा  चार चार नेकपा माओबादी र नेकपा एकीकृतले लिने गरी छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 
अब गठबन्धनमा कांग्रेसको  ९६ सिट, माओवादीको ४८ र नेकपा एकीकृतको २१ सिछ हुने जनाइएको छ । अब चुनावी राजनिितमा  मधेश र एमाले तथा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजबादीबीच तालमेल हुने निश्चित भएको छ ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार