२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दक्षिण कोरियामा ४१ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

बुधवार , आश्विन ५, २०७९

सोल,असोज । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन जनाले घटेर ४९४ पुगेको छ ।

सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ । कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ  ।सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार