२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभर भारी वर्षा 

विभिन्न राजमार्ग बन्द  : “ चार सडक पूर्ण र १४ सडक आशिंक रूपमा अवरुद्ध ”

शनिवार , भाद्र २५, २०७९

काठमाडौँ,  भदौ  ।  वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन् । साँफेबगर – मार्तडी – कोल्टी,  बालाजु – त्रिशूली – धुन्चे – स्याफ्रुबेसी, बेलरिया – भैरहवा – बुटवल – वर्तुङ – राम्दी – स्याङजा – पोखरा र डुम्रे –बेँशीसहर – चामे सडक अवरुद्ध बनेका हुन् ।
साँफेबगर – मार्तडी–कोल्टी सडक अम्कोट–बल्दे र बाजुरामा अवरुद्ध छन् । बर्सात र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । 
सडक खुलाउनका लागि लोडर, स्काइभेटर निर्माणस्थलमा तयारी अवस्थामा भएको र वैकल्पिक बाटोका लागि स्थानीयवासीसँग जग्गा विवाद मिलाउने प्रयास भइरहेको छ । 
बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवा जिल्लाको बनुवामा अवरुद्ध रहेको छ । सो सडकको वैकिल्पक सडक मध्यम खालका सवारीसाधनका लागि खुलाइएको र अवरुद्ध सडक खुलाउनका लागि मर्मत भइरहेको विभागले जनाएको छ । 
सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक अवरुद्ध रहेकामा अहिले ‘हेभि इक्वुपमेन्ट’को प्रयोग गरेर सडक खुलाउन प्रयास भइरहेको छ । डुम्रे–बेँशीसहर–चामे सडक लमजुङको उदीपुरमा अवरुद्ध भएको थियो । हाल सो स्थानमा अवरोध पन्छाउन थालिएको छ । 
आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेँशीसहर–चामे, सिर्सिया–पथलैया–हेटौँडा–भैँसे, तानसेन–रिडि–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कणार्ली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन् । यी सडकका विभिन्न खण्ड बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् । 
वैशाखयता २१ राजमार्गको १४९ स्थानमा सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेका थिए । ती सडकमध्ये हाल १३३ स्थानमा सडक दुवैतर्फबाट चालु रहेका छन् । एकातर्फबाट मात्रै चालु सडक १४ रहेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार