२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सत्ता गठबन्धन कार्यदल बैठक

कार्यदलले सिट बाँडफाँटको टुंगो लगायो   : ' आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारीमा '

मंगलवार , भाद्र २१, २०७९


काठमाडौँ,  भदौ । आज मंगलबार बसेको सत्ता गठबन्धन कार्यदन बैठकले सिट भागबण्डा गर्ने कार्यसम्पन्न गरेको छ ।  कार्यदलको आज बसेको बैठकले बनाएको सिट बाँडफाँट भागवण्डामा सहमति जुटेको कार्यदलका सदस्य  तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  

मंगलबार राती अबेरसम्म बसेको कार्यदलको  बैठकले सहमति जुटाएको उनले जानकारी दिएका हुन् ।  उनले सहमति भएको तर लिपिबद्ध हुन बाँकी रहेको  जनाएका छन ।

 मंगलबार अबेर कार्यदलको बैठकपछि उनले सहमति भइसकेको उल्लेख गर्दै भोलि शीर्ष नेताहरूलाई कार्यदलको प्रतिवेदन बुझाइने जानकारी दिए । 
सहमति भएको भनिए पनि कुन दलले कति सिट लिए भन्ने विषयमा भने केही खुलाइएको छैन । कार्कीले सिट संख्याबारे अहिले नै सार्वजनिक गर्नु हतार हुने बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार