२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश : स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता

शुक्रवार , भाद्र १०, २०७९


बागमती, भदौ ।  बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक हासिल गर्ने आफनो प्रदेशका खेलाडीलाई  मासिक रु छ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने नौ वटा खेलमा मात्र स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने बताएका छन ।  . 

उनका अनुसार फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, भलिबल, ब्याडमिन्टन र पौडी खेलमा स्वर्ण जित्ने खेलाडीले मात्रै त्यो सुविधा पाउनेछन् । 

राष्ट्रिय खेलकुदका सबै ३६ वटै खेलमा बागमती प्रदेश सहभागी हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि सबै खेलाडीलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने योजना रहेको आयोजकको भनाइ छ । 

बागमती प्रदेशले खेलाडी छनोट प्रतियोगिताको लागि रु पाँच करोड रकम विनियोजन भएको र त्यसमा रु ४९ लाख निकासा भइसकेको जनाएको छ । 
उक्त प्रतियोगितामा बागमती प्रदेशबाट फुल कोटामा सात सय नौ जना खेलाडी सहभागी छन् । गण्डकी प्रदेशमा अयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २९ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार