२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नवौँ राष्ट्रिय खेल :  '६० करोड बजेट विनियोजन '

शुक्रवार , भाद्र १०, २०७९


काठमाडौँ,  भदौ । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताएका छन ।  
उहाँले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिएका छन ।  पहिलो चरणमा रु १० करोड, दोस्रो चरणमा रु २३ करोड र तेस्रो चरणमा रु २७ करोड लिने बताए ।  सरकारले पहिलो चरणको लागि रु १० करोड रकम भने विनियोजन गरिसकेको छ । 
उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको  सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । 
अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा  ३९३ स्वर्ण, ३९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार