२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गठबन्धन कार्यदल बैठक 

सिट बाँडफाँटमा आ -आफ्नै दाबी  :  “ सरदर सहमति भने बनिसक्यो , भित्री सिट बाँडफाँडको स्थिति यस्तो छ ? ”

बामदेव गौतम, डा. बाबुराम भट्टराई, महन्थ ठाकुरलगायतलाई पनि सिट छुट्याईयो : ' एमालेमा रूवाबासी, ओली यो निर्बाचनपछि सकिँदै'

शुक्रवार , भाद्र १०, २०७९


काठमाडौँ,  भदौ । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिहीबार पनि  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कार्यदलका तर्फबाट माग आ - आफ्नै छन । त्यसमा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले  सञ्चारकर्मीलाई दिएका छन ।   
सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेको र माग जे भएपनि भित्री रुपमा भने गहन गृहकार्य भई सामान्यतया निक्र्यौल पनि निस्केको स्रोतले बताएको छ ।   
सिट बाँडफाँडमा सहमतिको नजिक पुगेकोमा भने नेपाली कांग्रेस ८८, नेकपा माओवादी ४२, नेकपा एकीकृत समाजवादी १६, जनता समाजबादी १६, स्वतन्त्रमा बाबुराम भटट्राई, बामदेव गौतम, महन्थ ठाकुर ३ मा लगभग सहमति भएको स्रोतले जनाइको छ ।  बैठक आज अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार