२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले केन्यालाई हरायो

बिहिवार , भाद्र ९, २०७९

 

काठमाडाैँ, भदाै । नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो ।

नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २४ रन जोडे भने ज्ञानेन्द्र मल्लले २३ रन जोडे । यसैगरी आसिफ शेखले १९ रन बनाए भने रोहित पौडेल १३, आदील अन्सारी २ तथा अविजित पवन सर्राफले १ रन जोडे । केन्याका लुकास ओलुओच र भिराज पटेलले २÷२ विकेट लिए ।

नेहिमिहाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । यस्तै नेल्सन ओढियाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट झारे । जीतसँगै पाँच खेलको सिरिजमा नेपालले १ को अग्रता बनाएको छ । अब नेपालले भोलि शुक्रबार दोस्रो टीट्वान्टी खेल खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार