२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

प्रधानमन्त्री तथा सभापति देउवा, एमाले अध्यक्ष ओलीलगायतका उच्च पदस्थ व्यक्तिले श्रद्धाञ्जली अर्पण

आइतवार , भाद्र ५, २०७९

काठमाडाैँ, भदाै । अन्तिम बिदाइ तथा समाजबादी चिन्तक प्रदीप गिरिको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ उनको शवलाई आर्यघाट लगिएको थियो ।
राष्टिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।  गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका छन् ।
अन्त्येष्टिअघिको पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति थियो । शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार