काठमाडौँ, भदौ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आइतबार बसेकेो आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा गिरिको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका थिए । सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरिको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९स्३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।