२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 समाजवादी चिन्तक तथा नेता गिरीको निधन

अन्त्येष्टी आज : 'श्रद्धाञ्जली :  बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी, साढे ११ देखि २ सम्म कांग्रेस केन्द्रीय कार्यालयमा राखिने'

आइतवार , भाद्र ५, २०७९

काठमाडौँ, भदौ ।  

कांग्रेस नेता प्रदीप गिरिको अन्येष्टि आजै गरिने भएको छ । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गर्दै गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने जानकारी दिएको हो । 
त्यस्तै उनको पार्थिव शरीरलाई बिहान साढे ११ बजे देखि २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त कार्यक्रमपछि अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार