२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

नागरिकता विधेयक

गृहमन्त्री खाँणले भने  : " नयाँ ब्यवस्थाले राष्ट्रियतालाई थप बलियो र विश्वासिलो बनाउँछ " 

' कतिपय राजनीतिक दलले विधेयकमा भएका कुरालाई तोडमोड गरेर भ्रम छर्ने र चुनावको मुखमा भोटको राजनीति गर्ने प्रयास गरे' 

शुक्रवार , भाद्र ३, २०७९

काठमाडौ, भदौ  ।  

गृहमन्त्री बालकृष्ण खाँणले हालै प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई थप बलियो पार्ने विश्वास व्यक्त गरेका छन् । उनले कतिपय राजनीतिक दलले विधेयकमा भएका कुरालाई तोडमोड गरेर भ्रम छर्ने र चुनावको मुखमा भोटको राजनीति गर्ने प्रयास गरेको आरोप लगाए ।
शुक्रबार काठमाडौंमा कृष्ण जन्माष्टमीको अवसरमा भएको चैतन्य झाँकी प्रवचन कार्यक्रममा मन्त्री खाँणले नागरिकता विधेयकले नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन सहयोग पुगेको बताए ।
‘२०७२ सालमा सबैको सहमतिमै संविधान जारी भयो । संविधान जारी भएपछि त्यस अनुसार लगत्तै कानुन बन्नुपर्ने थियो । तर, त्यसो हुन सकेन, अहिले सरकारले त्यतिबेला ल्याइसक्नुपर्ने विधेयकलाई अगाडि बढाएको हो,’ उनले भने, ‘सबै दलले यसमा सरकारलाई साथ दिनुपर्ने हो । तर, चुनाव नजिकिएकाले त्यसमाथि राजनीति गर्ने प्रयास भयो । भएको कुराभन्दा नभएको कुरालाई तोडमोड गरेर भ्रम छर्ने प्रयास भयो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार