२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रपतिबाट फिर्ता  नागरिकता विधेयक 

आज पुनः प्रतिनिधिसभामा लगिने  : 'गृहमन्त्री खाणले बिचारसहित पारित गर्न प्रस्ताव पेश गर्ने' 

बुधवार , भाद्र १, २०७९



काठमाडौँ, भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै पारित गरिने भएको छ । 
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने भएका छन् । 
प्रतिनिधिसभाको बिहिबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । 
सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्ु भनी गृहमन्त्रीले पहिलो प्रस्ताव राख्नेछन् ।
गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।
राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । 
जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ । गठबन्धनले

त्यस आधारमा हेर्दा सत्ता गठबन्धनको बहुमत हुने भएकाले गृहमन्त्रीले राखेको प्रस्ताव पारित हुँदा बिहीबारको बैठकबाटै नगारिकता विधेयक पारित हुनेछ ।सत्तारुढ गठबन्धनको उक्त निर्णयको प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमतको घमण्ड भन्दै आलोचना गरेका छन् ।

यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र
प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ । त्यसरी पठाएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार