२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दार्चुलामा जिप दुर्घटना  : '५ को घटनास्थलमै मृत्यु,९ जना घाइते '

बुधवार , भाद्र १, २०७९


दार्चुला, भदौ ।  गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।
उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार