२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दक्षिण कोरिया : 'एकलाख २८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण '

शुक्रवार , श्रावण २७, २०७९


सोल,  साउन ।  दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार  ७१४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एकलाख ३७ हजार  २४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ ।  

त्यसैगरी,  गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर  ४५३ पुगेको छ । सोही अवधिमा थप  ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार  ४९९ पुगेको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार