२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मलेसिया  : ' एकैदिन चार हजार ८३१ मा कोरोना सङ्क्रमण, दशको मृत्यु '

शुक्रवार , श्रावण २७, २०७९


क्वालालम्पुर,  साउन । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देशभित्रैका रहेका बताइएको छ  । मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ ।
मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ । 
सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार