२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

गृहको दुईबुँदे निर्देशन

जिल्ला प्रशासनलाई  भन्यो :'नागरिकतामा अपमानजनक नाम नलेख, विगतका सच्चाउ' 

सोमवार , श्रावण २३, २०७९


काठमाडौँ, साउन । गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 
अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे विभिन्न संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिएका हुन् ।
अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्नेु विज्ञप्तिमा छ,  त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।

moha-bigyapti-0882022020050-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार