२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

नेता डा.कोइरालाले भने :  'संविधान रक्षाका लागि दलबीचकाे गठबन्धन आवश्यक छ '

“ सरकार पनि गठबन्धनको छ,  गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ, ” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एकसय सिट पाउनुपर्छ ”

शनिवार , श्रावण २१, २०७९


चितवन,  साउन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ  गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन ।  

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । 
उनले भने,  “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्ने उनको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु प¥यो ।” 
अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उनको भनाई थियो ।

संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए ।  
यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए ।  उनले भने,  “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए ।  तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए ।  उनले भने, “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार