२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल आयल निगम

निगमले भन्याे   : ' आइओसीलाई ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन, समायोजन नहुने '

बुधवार , श्रावण १८, २०७९


काठमाडौँ, साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । 
निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो । 
आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन ।  निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ । 
पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक रु एकअर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताएका छन । 
 
निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग रु सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट रु तीन अर्ब ऋण लिएको थियो । निगमले अझै आइओसीलाई रु २३ अर्ब भुक्तानी गर्न बाँकी छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार