२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए, राष्टपति बाइडेनद्धारा पुष्टि

मंगलवार , श्रावण १७, २०७९

वासिङ्टन,साउन ।आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् । ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् ।

यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिनुहुने बताइएको छ । जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए ।अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए ।

राष्ट्रपति बाइडेनद्धारा जवाहिरी मारिएको पुष्टि

यसैबीच अर्को एक समाचारमा अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको छ ।राष्ट्रपति बाइडेनले सोमबार राति दिनुभएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताउनुभएको हो ।उहाँले अमेरिकाको प्रति आतङ्कवादी कारबाही अन्तर्गत अमेरिकाको कारबाहीमा आतङ्कवादी सङ्गठनका नेता जवाहिरी मारिएको पुष्टि गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार