२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

खोटाङ केन्द्र विन्दु

६ रेक्टर स्केलको भूकम्प : 'सर्वसाधारण त्रासमा, क्षतिको पूर्ण विवरण आउन बाँकी'

आइतवार , श्रावण १५, २०७९

काठमाडौँ , साउन । आज, आइतबार,  बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सञ्चारकमीर्लाइ भने,   खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार