२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एक दिवसीय क्रिकेट : 'वरियतामा नेपाल यथावत्'

बिहिवार , श्रावण १२, २०७९

 

काठमाडाैँ, साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो ।

अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो । नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार