२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

शुक्रवार , श्रावण ६, २०७९

काठमाडौँ, साउन ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसक्नुभएको थियो । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ । प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ ।

जसमा आयोजक नेपालसँगै भारत, भुटान, बङ्गालदेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान रहेका छन् । नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार