काठमाडौँ, साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणको चर्चा सेलाइसकेको छैन। चर्चा भने अनौपचारिक रूपमा पक्का भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भारत पुगेपछि बिथोलिएको थियो । नेपालमा चिनियाँ नेताको भ्रमणसँगै भारतले नेकपा माओबादीका अध्यक्ष प्रचण्डलाई बोलाएको थियो ।
प्रचण्डलाई भारतले बोलाउनुमा कम्युनिष्ट एकता हुन नदिने दवाव दिन थियो । चीनले त्यो सूचना पाउनासाथ चीनले एक टोली तुरुन्तै भारतछ पठायो । त्यो चिनियाँ टोली पनि प्रचण्ड बसेकै होटलमा बस्यो । स्रोतका अनुसार प्रचण्ड गएको भोलिपल्ट शनिबार प्रचण चिनियाँ टोली भेट भएको भारतीय प्रधानमन्त्री मोदीले सूचना पाएपछि भेट बिथोलिएको थियो ।
यद्यपी प्रचण्डले भने, भ्रमण सफल भएको भनेका छन्। नेपालका कम्युनिष्टहरुलाई एक गराउने रणनीतिमा चीन छ भने भारत त्यो मिसन असफल गराउने प्रयत्नमा छ । एक उच्च माओवादी नेताका भनाइमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता भइरहँदासम्म पनि मोदीसँग भेटघाट निश्चित रहेको बताइएको थियो। तर भएन। त्यो रोकिएपछि जनमानसमा भ्रम फैलाउन भेट नभएको कारण विभिन्न बनाईदैछ ।
प्रचण्डलाई भारत बोलाएर दिल्लीले दिन खोजेको सन्देश के हो त ?
चिनियाँ नेतालाई भेटेलगत्तै प्रचण्ड किन ‘अचानक’ भारत जान लागेका हुन् ।ती नेताका अनुसार प्रचण्डले पहिलो कारण ठम्याएको सङ्केत दिएको बीबीसीलाई बताएका छन । ।