२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस निर्णय

देशव्यापी विशेष अभियान : " चुनाव लक्षित अभियान , भदौ २ देखि २४ गतेसम्म " 

मंगलवार , श्रावण ३, २०७९


काठमाडौं, साउन  । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ ।  हिजो,सोमबार, सम्पन्न भएको  केन्द्रीय कार्यसमितिको बैठकले  सो निर्णय गरेको हो । सो अनुरुप कांग्रेसले  देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको  जनाइएको छ । 
चुनाव लक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । र,  अवधि सकिएर पनि गठन हुन नसकेका संघहरूलाई साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय कांग्रेसले गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार