२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बजेट निर्माणमा अनाधिकृत ब्यक्ति प्रवेश

संसदीय समितिको निर्देशन : 'सीसीटीभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउँ' 

मंगलवार , आषाढ २८, २०७९

काठमाडौँ, असार । बजेट निर्माण प्रक्रियामा  निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएकोमा छानबिन गर्न गठित संसदीय  समितिको आज बैठक बसेको छ । बैठकपछि विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको आज, मंगलबार,  बसेको बैठकले सीसीटीभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालले निर्णयबारे जानकारी दिदै भने,   बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको छ ।ु
आगामी आर्थिक वर्षको बजेट संसद्‌मा सार्वजनिक गर्ने अघिल्लो राति गत जेठ १४ गते बिचौलिया र व्यापारीका प्रतिनिधिलाई अनधिकृत प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री शर्मा माथि लागेको छ । 
यही आरोपमा प्रमुख प्रतिपक्ष एमालेले विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका ४, कांग्रेस र माओवादीका २र२, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १र१ सांसद रहेको समिति गठन गरेका थिए ।

आफूमाथि छानबिन समिति गठन भएकै दिन शर्माले संसद्‌मा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका थिए । उनीमाथि मध्यरात विचौलियालाई मन्त्रालय प्रवेश गराएको प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज मेटाएको आरोप छ । 
सीसीटीभी फुटेज प्रयोगसम्बन्धी कार्यविधिमा तीन महिनासम्मका दृश्य सुरक्षित राख्नुपर्ने व्यवस्था भए पनि मन्त्रालयले त्यस घटनासँग सम्बन्धित फुटेज १३ दिनपछि स्वतः मेटिएको दाबी गरेपछि अर्थ मन्त्रालय प्रकरणको प्रमाण योजनाबद्धरुपमा नष्ट गराएको समेत आरोप शर्मामाथि छ ।

छानबिन समितिलाई सीसीटीभी फुटेजको प्रमाण र बजेट निर्माण प्रक्रियाको समग्र अध्ययन गरी १० दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न संसद्‌ले कार्यादेश दिएको छ । समितिको सभापति चयनमा भने सहमति हुन सकेन । बुधबार पुनः बैठक बसेर सभापति चयनमा सर्वसम्मति खोजिने एक सदस्यले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार